Lucky-Khabar_

सशस्त्र बिरगंजमा रहेको मकवानपुर ढुवानी सेवाको(ट्रान्सपोर्ट) गोदाममा प्रहरीको छापा, लाखौं मुल्यको काजु र चिनी बरामद ।

४ जेठ,बिरगंज।सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्मको सशस्त्र प्रहरीले पर्साको बिरगंज महानगरपालिका–८, रेल्वे रोडस्थित दुर्गा हल नजिकै रहेको मकवानपुर ढुवानी सेवाको गोदाममा छापा मारेर लाखौं मूल्य बराबरको काजु र चिनी बरामद गरेको छ।

गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा उक्त गोदाममा छापा मारिएको हो। भारतबाट भन्सार छलि अवैध रूपमा भित्र्याइएको काजु र चिनीको ठूलो परिमाण उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

content ad p2

सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको अनुसार बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर