Lucky-Khabar_

रसुवाको नाकाबाट साढे ७ किलो सुन सहित चालक पक्राउ

४बैसाख, काठमाडौं | रसुवा जिल्लाको रसुवागढी नाकाबाट साढे ७ किलो सुन सहित चालक प्रहरीले पक्राउ गरेको छ।

content ad p2

चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।


प्रहरी नायब उपरीक्षक शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नाकाबाट सुनसहित चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन्। चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको फेला परेको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर