Lucky-Khabar_

मोटरसाइकल दुर्घटना दुर्घटना हुदा गुल्मीमा सब-इञ्जिनियरको मृत्यु

५बैशाख ,गुल्मी । मोटरसाइकल दुर्घटना हुँदा गुल्मिमा एक सब- इन्जिनियरको मृत्यु भएको छ। गएराति जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।

content ad p2

चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो । उनी मोटसाइकलमा एक्लै सवार गरेका थिए । अनियन्त्रित भएर मोटसाइकल नालीमा खसेपछि चालक चौधरीलाई साधनले च्यापेको थियो भनि प्रहरीले बताए।


सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक चौधरी हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब-इञ्जिनियरको रूपमा कार्यरत थिए ।

मृतकका परिवारलाई जानकारी गराइएको र शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर