Lucky-Khabar_

बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ मा ५० लाखको लागतमा निर्माण हुने विवाह भवनको शिलान्यास

 

कन्हैया पटेल

content ad p2

२० जेठ , बिरगंज ।हिजो सोमबार  बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ मा ५० लाखको लागतमा निर्माण हुने विवाह भवनको शिलान्यास भएको छ।

मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कोषबाट करिब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास वडा अध्यक्ष अमिरिलाल गुप्ताको विशेष पहलमा सम्पन्न भएको हो।

सि  समारोहमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह, गोपिचन्द गुप्ता तथा अन्य स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष गुप्ताले केही वर्षदेखि अतिक्रमणमा रहेको जग्गा खाली गराई भवन निर्माणको बाटो खोलिएको जानकारी दिनुभयो। उहाँले सो भवनले स्थानीयवासीलाई विवाहलगायत विविध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको लागि उपयुक्त स्थल उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष भुट्टोले विवाह भवनको निर्माणलाई सामाजिक र सांस्कृतिक समृद्धितर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै, यस कार्यमा सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

वडा अध्यक्ष गुप्ताका अनुसार निर्माण कार्य छिट्टै सुरु गरिनेछ र समयमै सम्पन्न गरिने लक्ष्य रहेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

वीरगंजमा मेयर पदका प्रत्यासी सुधीर पटेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लक्की खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर