Lucky-Khabar_

रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर वृद्धको मृत्यु

content ad p2

१ असार, रौतहट।रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं। १ जयनगरमा चट्याङ लागेर आज बिहान एक वृद्धको ज्यान गएको छ।

चट्याङ लागेर मृत्यु भएको  ६५ वर्षीय सियाराम बनिया हो। बिहान मौसम खराब भई पानी पर्न थालेपछि बनिया घर अगाडि बाँधिएको बाख्रा फुकाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्|।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर