राम सुन्द्र आर्य
१७साउन,बिरगंज।पर्सा जिल्लाको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट गस्तीमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा ८.४ कि.ग्रा. लागुऔषध गाँजा बरामद गरेको छ।


उक्त प्रहरी टोलीले मिति २०८२/०४/१७ गते ७:१० बजेको समयमा जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ करबोला चौक स्थित गस्तीमा खटिएको प्रहरी टोलीले शङ्खालागि BR0 5AG 6805 न. भारतीय मोटसाइकललाई चेकजाँच उक्त गाजा सहित नियन्त्रणमा लिएको हो ।

सो मोटरसाइकल चालक जिल्ला पर्सा पर्सा गढी नगरपालिका ०९ एकटाँगा बस्ने बोतु अहिरको छोरा अन्दाजी वर्ष ३४ को जग मोहन यादव रहेको क्गुलेको छ। प्रहरीले मोटरसाइकलको सिट मुनि र निजको शरीरमा बाँधिएको अवस्थामा लागुऔषध गाँजा फेला परेको छ।
,
समातिएको उक्त लागुऔषध गाँजा तथा मोटरसाइकल चालक सहित लाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएर अनुसन्धान गरिरहेको खबर प्राप्त भएको छ।


