Lucky-Khabar_

यस बर्षको सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

१७ साउन,बिरगंज। यस बर्षको स्व.‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ ।

वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई रु ५१ हजार राशीको पुरस्कर प्रदान गर्दै आएको छ ।

प्रतीक प्रकाशन समुहको शनिबार बसेको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ अन्नपूर्णपोष्ट पत्रिकाका पर्सा जिल्ला संवाददाता ततथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई दिने निर्णय गरेको हो ।

बैठकले उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिक र मधेस खबरका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णयपनि गरेको छ ।

content ad p2

आगामी भदौं १ गते प्रतीक दैनिकको वार्षिक उत्सवका दिन पत्रकार शाह, खनाल र यादवलाई पुरस्कृत गरिने प्रतीक प्रकाशन समुहले जनाएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर