Lucky-Khabar_

यस बर्षको सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

१७ साउन,बिरगंज। यस बर्षको स्व.‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ ।

वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई रु ५१ हजार राशीको पुरस्कर प्रदान गर्दै आएको छ ।

प्रतीक प्रकाशन समुहको शनिबार बसेको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ अन्नपूर्णपोष्ट पत्रिकाका पर्सा जिल्ला संवाददाता ततथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई दिने निर्णय गरेको हो ।

बैठकले उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिक र मधेस खबरका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णयपनि गरेको छ ।

content ad p2

आगामी भदौं १ गते प्रतीक दैनिकको वार्षिक उत्सवका दिन पत्रकार शाह, खनाल र यादवलाई पुरस्कृत गरिने प्रतीक प्रकाशन समुहले जनाएको छ ।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर