Lucky-Khabar_

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुर्ण रुपले संचालन

१७साउन,काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएकाे छ । प्रारम्भिक सेवा नि:शुलक भैइरको ।

content ad p2

साे ​अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने अस्पतालले जनाएकाे छ । सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध पाइने छ । यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था पनि गरिएकाे जनाइएकाे छ।


विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ ।

त्यस्तै, आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट हुनेछ । अस्पताल परिसरमै फार्मेसी सेवा उपलब्ध छ, जसले बिरामीहरूलाई थप सुविधा दिइनेछ ।

यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन गरेकाे हाे । कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मूल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु रहेकाे बताए । उनले भने, ‘हामीलाई थाहा छ स्वास्थ्य उपचार आजको समाजको आधारभूत आवश्यकता हो। हाम्रा जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो प्रतिबद्धता पनि हो ।’

यसैगरी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहाँगिर अन्सारीले आफुहरूकाे उद्देश्य भनेकाे अस्पताल सञ्चालन गर्नु मात्र नभइ स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा दीर्घकालीन योगदान दिनु रहेकाे बताए। अस्पतालका व्यवस्थापक दिलिप साहले पुनः सञ्चालनलाई नागरिकहरूको विश्वास जित्ने, उनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा हाम्रो उत्तरदायित्व पुरा गर्ने अवसरका रुपमा लिएकाे बताए ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर