रामपुकार राउत
रौतहट |नेशनल इन्जिनियर्स एसोसिएशन नेपाल (NEAN)रौतहटको जिल्ला समिति पूर्ण गठन:अध्यक्षमा ई.राकेश कु.यादव सहित सहसचिवमा ई.आर्यन दिपक राउत(लक्की) चयन भएको छ |

आज शनिवार रौतहटको गौरमा सम्पन्न विशेष कार्यक्रममा नेशनल इन्जिनियर्स एसोसिएशन नेपाल (NEAN)रौतहट जिल्ला समितिको पूर्ण गठन सर्वसम्मतिबाट सम्पन्न भएको छ । उक्त पूर्णगठन कार्यक्रमबाट इन्चार्ज ई.नवीन कुमार शाह तथा अध्यक्ष ई.राकेश कुमार यादवको नेतृत्वमा १२५ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
त्यसैगरी सो कार्यक्रममा NEAN का केन्द्रीय अध्यक्ष ई.प्रमोद यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने
विशिष्ट अतिथिहरूमा ई.कृष्ण शाह,ई.धिरज कुमार शाह तथा ई. गुड्डु कुमार शाह रहनुभएको थियो ।कार्यक्रमको अध्यक्षता ई. तेज नारायण यादवले गर्नुभएको थियो भने सञ्चालन (उद्घोषणा)ई. सुरज मिश्र सरले गर्नुभएको थियो ।
सो अवसरमा निर्वर्तमान जिल्ला अध्यक्ष ई.अभिषेक कुमार गुप्ताले आफ्नो मनतव्यमा नयाँ गठन भएको जिल्ला समिति अझ सबल, सक्षम र उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।त्यस्तै सो कार्यक्रममा नव नियुक्त रौतहट NEAN समितिका सहसचिव ई.दिपक राउत (लक्की)ले आफुलाई पाएको जिम्मेवारीलाई पूर्ण रुपले पालना गरि ईन्जियरहरुको जायज हकहितको लागि सधै ईमानदारीपुर्वक कार्य गरिने छ भनि बताए |


