Lucky-Khabar_

बिरगन्जमा पर्सा मदिरा व्यवसायी संघको आफ्ना सदस्यहरु बिच भेट्घाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

सन्तोश पटेल
बिरगंज| पर्सा मदिरा व्यवसायी संघले संघ गठन भएको पहिलो बैठकको रुपमा बिरगन्जको होटेल बृन्दावनमा आफ्ना सदस्यहरु बिच भेट्घाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

मदिरा व्यवसायी सँग पटक पटक भइरहेको समस्या र सो समस्या समाधानका लागि ९ सदस्यीय कार्यसमिति गठन गरि २०८१/१२/१७ मा जिल्ला प्रशासन कार्यालय पर्सा बाट संस्था दर्ताको प्रमाण पत्र लिई संघमा ४० सदस्यीय संख्यामा बिस्तार गरि सदस्य बीच परिचयात्मक कार्यक्रम गरेको हो ।

content ad p2

पहिलो प्रस्तावित समितिमा अध्यक्ष चिनिलाल पटेल,उपाध्यक्ष संदिप गुप्ता,महासचिव प्रदिप कु. लोहार,सचिव रजनिश कुमार ,कोषाध्यक्ष राकेश कु.साह,सदस्य मनिष प्र.कलवार,अनिल कु.चापागाईं,राम कु.यादव रंजित जयसवाल चयन भएका थिए ।

संघका अध्यक्ष चिनीलाल पटेलको अध्यक्षता तथा मदिरा व्यवसायी संघका वरिष्ठ सल्लाहकार संजय अग्रवालको प्रमुख आतिथ्यता मा सप्पन्न भएको सो कार्यक्रम पहिलो सत्रमा औपचारिक र दोस्रो सत्रमा परिचयात्मक र समस्या सुनुवाइ गरि दुई चरनमा सम्पन्न भएको थियो । कार्यक्रम को सहजीकरण संघका महा सचिव प्रदिप कु लोहार ले गरेका थिए ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर