काठमाडौं | नेकपा एमाले महासचिव शंकर पोखरेल समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्दै राजनीति र समाज व्यवस्थाको विषय एक पुस्ताको मात्र हुन सक्दैन, तर नयाँ पुस्तालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको पोखरेलको दाबी छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय नभएको टिप्पणी उनले गरे। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा भएपनि समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु नहुने उनको तर्क छ।

सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्,‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन।

खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ।’‘ समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।’


