Lucky-Khabar_

वीरगंजमा प्रतिबन्धित लागुऔषध सहित दुई युवक पक्राउ

वीरगंज ।वीरगंजमा पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई युवक पक्राउ परेको छ|प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज–काठमाडौँ जाने सार्वजनिक यातायातको बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

content ad p2

प्रहरीका अनुसार आइतबार साँझ करिब ८ः२० बजेको समयमा प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१४ स्थित सडक खण्डमा रात्री बस चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ५ र ६ मा सवार दुई युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र राज पाण्डे र भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना अन्तर्गत प्रसौनी तपसी टोलका १९ वर्षीय सचिन कुमार रहेका छन्।

उनहरूको झोलामा Tramadol-50 (Tramadol Hydrochloride) नामक प्रतिबन्धित लागुऔषधका गरी कुल २३,८८० क्याप्सुल (१०६१० रातो रंगका र १३२७० निला रंगका) फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको मातहत प्रहरी चौकी श्रीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर