Lucky-Khabar_

तिहार र छठ पर्वलाई लक्षित गरी पर्सामा कडा सुरक्षा मापदण्ड जारी गर्दै पटका पूर्ण निषेध, देउसी-भैलो ९ बजेसम्म मात्र

वीरगञ्ज ।पर्सामा कडा सुरक्षा मापदण्ड जारी गर्दै पटका पूर्ण निषेध, देउसी-भैलो ९ बजेसम्म मात्र गरेको छ | नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र उल्लासमय वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय पर्साले कडा सुरक्षा मापदण्ड लागू गरेको छ।

content ad p2

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीले आइतवार एक सूचना जारी गर्दै नागरिकहरूलाई निर्धारित नियमहरूको कडाईका साथ पालना गर्न आग्रह गरेका छन्।

प्रशासनले पटका ओसारपसार, बिक्री वितरण र पड्काउन पूर्ण रूपमा निषेध गरेको छ। पटकाको ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, समाजमा हुने भय र आगलागीको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।

रात्रि समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिएको छ। ९ बजेपछि हुने यस्ता कार्यक्रमहरू तत्काल बन्द गरिने जनाइएको छ।

प्रशासनले तिहार लगायतका चाडपर्वमा खेलिने जुवा–तासले आर्थिक क्षति र सामाजिक विवाद निम्त्याउने भन्दै यस्तो कार्य नगर्न र नगराउन अनुरोध गरेको छ। साथै, मादक पदार्थ सेवन नगर्न र पर्वको समयमा व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राख्दै माछामासु, चिल्लो तथा गुलियो पदार्थको सन्तुलित सेवन गर्न पनि सुझाव दिइएको छ।

छठ पर्वको परम्परागत पूजापाठका कार्यक्रम नदी, ताल, तलाउमा हुने भए पनि, खुला ठाउँमा आयोजना गरिने मेला वा जमघट राति १० बजेसम्ममै सीमित गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ।

अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ।

सीडीओ सुवेदीले जारी सूचनामा नियम उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। साथै, शान्ति सुरक्षाको विषयमा कुनै समस्या परेमा नजिकको सुरक्षानिकाय, नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत नागरिकहरूलाई आग्रह गरिएको छ।

वीरगञ्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र उल्लासमय वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय पर्साले कडा सुरक्षा मापदण्ड लागू गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीले आइतवार एक सूचना जारी गर्दै नागरिकहरूलाई निर्धारित नियमहरूको कडाईका साथ पालना गर्न आग्रह गरेका छन्।

प्रशासनले पटका ओसारपसार, बिक्री वितरण र पड्काउन पूर्ण रूपमा निषेध गरेको छ। पटकाको ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, समाजमा हुने भय र आगलागीको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।

रात्रि समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिएको छ। ९ बजेपछि हुने यस्ता कार्यक्रमहरू तत्काल बन्द गरिने जनाइएको छ।

प्रशासनले तिहार लगायतका चाडपर्वमा खेलिने जुवा–तासले आर्थिक क्षति र सामाजिक विवाद निम्त्याउने भन्दै यस्तो कार्य नगर्न र नगराउन अनुरोध गरेको छ। साथै, मादक पदार्थ सेवन नगर्न र पर्वको समयमा व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राख्दै माछामासु, चिल्लो तथा गुलियो पदार्थको सन्तुलित सेवन गर्न पनि सुझाव दिइएको छ।

छठ पर्वको परम्परागत पूजापाठका कार्यक्रम नदी, ताल, तलाउमा हुने भए पनि, खुला ठाउँमा आयोजना गरिने मेला वा जमघट राति १० बजेसम्ममै सीमित गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ।

अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ।

सीडीओ सुवेदीले जारी सूचनामा नियम उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। साथै, शान्ति सुरक्षाको विषयमा कुनै समस्या परेमा नजिकको सुरक्षानिकाय, नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत नागरिकहरूलाई आग्रह गरिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर