बीरगञ्ज।बीरगञ्ज महानगरपालिका–१६, नगवामा आज राति करिब साढे १२:३० बजे चोरी भएको घटना सार्वजनिक भएको छ।

धुपी यादवको पसलको पछाडिको भागबाट पर्खाल बाछी प्रवेश गरेका चोरहरूले पसलमा भएका नगद करिब १५ हजार रुपैयाँ तथा सबै थरिका सामान चोरी गरेका छन्।

घटना रातिको समयमा भएको र चोरहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन। चोरीपछि स्थानीय बासिन्दामा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढेको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीलाई जानकारी दिइसकिएको र आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको स्थानीयहरूले बताएका छन्।


