Lucky-Khabar_

एमाले महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा, नेतृत्व परिवर्तनको बहस तीव्र

९ मंसिर, काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनबारे चल्दै आएको चर्चा अब औपचारिक चरणमा प्रवेश गरेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा सार्वजनिक गरेका छन्।

content ad p2

आज जारी विज्ञप्तिमार्फत पोखरेलले देशभरका कार्यकर्ता र नेताहरुबाट प्राप्त सुझाव तथा आग्रहलाई आधार मानेर आफू उम्मेदवार बन्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले पार्टी पुनर्गठन र रुपान्तरणका लक्ष्यसँगै सामूहिक नेतृत्वको विकासमार्फत एमालेलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रुपमा उभ्याउने दृढता व्यक्त गरेका छन्।

वक्तव्यमा पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व स्थानान्तरणका विषयमा सकारात्मक र सहज भूमिका निर्वाह गर्ने अपेक्षा प्रकट गरेका छन्। ओलीले आन्तरिक लोकतन्त्रसम्बन्धी स्वयं अघि सारेका सिद्धान्तलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ।

पार्टी निकट स्रोतहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उम्मेदवारका रूपमा अघि सार्न भूमिका खेलेको बताएका छन्। यद्यपि, पोखरेलले अहिले लिखित वक्तव्य मात्रै सार्वजनिक गरेका छन् र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियापछि प्यानल घोषणा गर्ने तयारी रहेको जनाइएको छ।

पोखरेलले भण्डारीलाई पार्टीमा पुनः सक्रिय सदस्यका रूपमा फर्काउने वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनका अनुसार, पार्टीका वरिष्ठ र अनुभवी नेताहरूलाई संगठनबाहिर राख्नु उचित हुँदैन।

पोखरेलको औपचारिक घोषणासँगै एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा खुलेर सुरु भएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर