Lucky-Khabar_

एमाले मतगणना सुरु : चिप्स निकाल्ने काम सम्पन्न, नतिजा एकैसाथ सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको मतगणना प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतदानमा प्रयोग गरिएका मेसिनबाट चिप्स निकाल्ने काम पूरा भएपछि मतगणना औपचारिक रूपमा सुरु गरिएको हो ।

content ad p2

आयोगका अनुसार, ८० वटै मतदान मेसिनबाट चिप्स निकाल्ने प्रक्रिया सकिएको छ । करिब बिहान ११ बजेतिर निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । सबै पदको परिणाम एकैपटक सार्वजनिक गर्ने योजना रहेको छ ।

बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व चयनका लागि मतदान गरेका थिए । मतदानका क्रममा ३६ जना प्रतिनिधि भने अनुपस्थित रहेका थिए ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने छन् । अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षका प्यानल उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

निर्वाचन प्रक्रियाअनुसार, मेसिन लक गरी अलग–अलग कोड नम्बरका आधारमा चिप्स सिल गरिएको थियो । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसेर मात्र नतिजा घोषणा गरिने एमालेले जनाएको छ ।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर