Lucky-Khabar_

ओलीको गृहनगर दमकमा वाणिज्य संघ निर्वाचन : एमालेनिकट व्यवसायी पराजित

काठमाडौ| एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरू पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भएको यस व्यवसायी निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को दिएको भन्दै राजनीतिक चासो बढेको छ।

निर्वाचनमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितको गठबन्धनले बहुमतसहित जित हासिल गरेको छ। संघका कुल २ हजार २३८ मतदातामध्ये २ हजार ३८ मत खसेका थिए।

content ad p2

कांग्रेसका गोपाल गुरागाईं गठबन्धनको तर्फबाट दमक उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन्। उनले एमालेका भरत चम्लागाईं र राप्रपाका राजु खड्कालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पद सुरक्षित गरे।वरिष्ठ उपाध्यक्ष पदबाहेकका सबै पदाधिकारी गठबन्धनबाट निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा भने एमालेका उम्मेदवार भगवान बस्नेत विजयी भए। उनले गठबन्धनका ज्ञाननाथ पौडेल र राप्रपाका राजकुमार योङ्यालाई पराजित गरेका हुन्।

त्यसैगरी, प्रथम उपाध्यक्षमा रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा टीकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुभाषचन्द्र गड्तौला र महिला उपाध्यक्षमा संगीता तुम्बापो गठबन्धनबाट निर्वाचित भएका छन्।

२१ सदस्यीय कार्यसमितिमा गठबन्धनले पाँच पदाधिकारीसहित ७ जना सदस्य जितेको छ। एमालेले वरिष्ठ उपाध्यक्षसहित चार जना सदस्यमा मात्र सफलता पाएको छ भने राप्रपाबाट चार जना सदस्य निर्वाचित भएका छन्। तीन सदस्यीय लेखा समितिमा संयोजकसहित दुई जना गठबन्धनका र एक जना एमालेनिकट व्यवसायी निर्वाचित भएका छन्।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर