Lucky-Khabar_

रौतहट रास्वपा क्षेत्र नं. २ को निर्वाचन सम्बन्धी छलफल सम्पन्न

रौतहट |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहट क्षेत्र नं. २ को क्षेत्रीय भेटघाट कार्यक्रम परोहा नगरपालिका–३, तेजापाकडमा सम्पन्न भएको छ।

content ad p2

कार्यवाहक सभापति ललन चौरसियाको अध्यक्षतामा सम्पन्न भेलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकको मुख्य केन्द्रबिन्दु क्षेत्र नं. २ का उम्मेदवार शेख सगिर आलमलाई विजयी गराउने रणनीतिमा केन्द्रित रहेको थियो।

भेलाले निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने, क्षेत्रीय वडा तथा बुथ कमिटी गठन गरी संगठनात्मक रूपमा अघि बढ्ने निर्णय गरेको छ।

कार्यक्रममा रास्वपा रौतहट सभापति प्रदीप शाह, उपसभापति उपेन्द्र यादव, क्षेत्रीय कार्यवाहक सभापति ललन चौरसिया, पर्सा क्षेत्र नं. १ का सभापति राम आर्य तथा मधेश प्रदेश समिति सल्लाहकार दिनेश यादवले आ–आफ्ना विचार व्यक्त गरेका थिए।

भेटघाट कार्यक्रममा ईशनाथ, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाई, देवाही गोनाही र मौलापुर नगरपालिकाका पार्टी पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर