Lucky-Khabar_

हिन्दू राष्ट्र, शिक्षा, सुशासन र रोजगारीलाई प्राथमिकतामा राख्दै सन्तोष पटेल टोल–टोलमा

बिरगंज ।नेपाल जनता पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विभिन्न स्थानमा भावी योजना र एजेन्डाबारे बृहत छलफल तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। वीरगंज महानगरपालिका वडा नं. २९ का बसडिलवा र रतनपुर, पर्सागढी नगरपालिका वडा नं. ३ को पारस चौक तथा वडा नं. ६ को बागेश्वरी तितरौनामा छलफल कार्यक्रम आयोजना गरिएको थियो। यसै क्रममा आज वीरगंज महानगरपालिका वडा नं. ८ हरपुरमा घरदैलो कार्यक्रम पनि गरिएको छ।

content ad p2

“हर हर कमल, घर घर कमल” नारासहित सम्पन्न कार्यक्रमका क्रममा पार्टीले सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा, स्वास्थ्य, सुशासन, विकास, सुरक्षा र रोजगारीलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ। साथै युवा, महिला र विद्यार्थीको सम्मान र सशक्तीकरणमा विशेष जोड दिइएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले क्षेत्रको समग्र विकास र समृद्धिका लागि पार्टीसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेको बताए। उनले लामो समयदेखि हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएको उल्लेख गर्दै टोल–टोलमा पुगेर जनचेतना फैलाइरहेको बताए।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले उम्मेदवार पटेलका विचार र एजेन्डाप्रति चासो व्यक्त गर्दै आगामी दिनमा सहकार्य र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर