वीरगंज|जनमत पार्टीबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका–२१ को कुशवाहा टोल र तात्वा टोलमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

उनले स्थानीयसँग भेटघाट गर्दै खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिसम्बन्धी समस्याबारे जानकारी लिए।स्थानीयले खानेपानी अभाव, विद्यालयमा शिक्षक र पूर्वाधार कमी, स्वास्थ्य सेवाको कमजोर पहुँच तथा सिँचाइ र बजार व्यवस्थापन समस्याबारे गुनासो गरेका थिए।


सरार्फले यी आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले युवालाई रोजगारी, किसानमैत्री नीति र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउने बताए।


