Lucky-Khabar_

सिरहा–४ का माननीय तपेश्वर यादवद्वारा सराहनीय पहल

काठमाण्डौ ।  सिरहा–४ का माननीय तपेश्वर यादवद्वारा सराहनीय पहल गरिएको छ। मधेस प्रदेशको समग्र शैक्षिक तथा स्वास्थ्य क्षेत्रको विकासलाई लक्षित गर्दै उहाँले महत्वपूर्ण प्रस्ताव अघि सार्नुभएको हो।

content ad p2

आज मधेस प्रदेशका सम्पूर्ण संघीय सांसदहरूसँग आयोजित संवाद कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष माननीय यादवले मिर्चैयास्थित हिल पार्क क्षेत्रमा रहेको करिब २०० बिघा जग्गाको उपयोग सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँले उक्त स्थानमा मेडिकल कलेजसहित “राजर्षि विश्वविद्यालय” स्थापना गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

माननीय यादवले मधेस प्रदेशमा गुणस्तरीय उच्च शिक्षा र स्वास्थ्य सेवाको अभाव रहेको उल्लेख गर्दै यस्तो परियोजनाले क्षेत्रीय विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार मेडिकल कलेजसहितको विश्वविद्यालय स्थापना भएमा स्थानीय विद्यार्थीहरूलाई सहज रूपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर मिल्नुका साथै स्वास्थ्य सेवा पनि सुदृढ हुनेछ।

उहाँले प्रस्तावित विश्वविद्यालयले सिरहा मात्र नभई सम्पूर्ण मधेस प्रदेशका विद्यार्थी तथा नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताउनुभयो। साथै, यसले रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक गतिविधि वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी अन्य सांसदहरूले पनि क्षेत्रीय विकासका विविध मुद्दाहरू उठाउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार र औद्योगिक विकासमा सरकारको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रधानमन्त्रीसमक्ष प्रस्तुत यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले पनि यस पहललाई स्वागत गर्दै शीघ्र कार्यान्वयनको माग गरेका छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर