वीरगञ्ज ।वीरगञ्ज–१५ निवासी मिथुन सर्राफमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य पाँच जना अझै फरार रहेका छन्। पीडित सर्राफका अनुसार पक्राउ पर्नेमा साहिल सर्राफ रहेका छन्।


घटनापछि गत कार्तिक १ गते सर्राफले आफूविरुद्ध आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर अनुसन्धान सुस्त भएको गुनासो गर्दै उनले उच्च अदालत अस्थायी इजलास वीरगञ्ज मा रिट दायर गरेका थिए।
अदालतले गत माघ १२ गते आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भएको हो भने बाँकी पाँच जना आरोपी अझै फरार रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


