Lucky-Khabar_

वीरगञ्ज महानगरपालिका–१८ भवानिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीद्वारा अगुवा कार्यकर्तासँग भेटघाट सम्पन्न

बिरगंज ।वीरगञ्ज महानगरपालिका–१८ भवानिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरूले अगुवा कार्यकर्तासँग भेटघाट तथा चिया चर्चा कार्यक्रम सम्पन्न गरेका छन्।

उक्त कार्यक्रममा रास्वपाका नेताहरूले स्थानीय कार्यकर्ताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्दै उनीहरूका सुझावहरू सङ्कलन गरेका थिए। साथै, भवानिपुर क्षेत्रका विभिन्न स्थानीय समस्याबारे पनि गम्भीर रूपमा कुराकानी गरिएको थियो।

कार्यक्रममा पर्सा–१ का क्षेत्रीय सभापति राम आर्य, वीरगञ्ज महानगर समितिका सभापति महमुदिन आलम, सचिव गौतम श्रेष्ठ, पर्सा–१ का पूर्व उपसभापति मिमताज अख्तर तथा नेता रमेश चौरसिया लगायतको उपस्थिति रहेको थियो।

content ad p2

भेटघाट कार्यक्रमका मुख्य उद्देश्यहरूमा स्थानीय तहमा पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने, चिया–चर्चामार्फत सुशासन र पार्टीका एजेन्डामाथि खुला छलफल गर्ने तथा वडा स्तरमा पार्टी गतिविधि विस्तारका लागि कार्यकर्ताहरूबाट सुझाव सङ्कलन गर्ने रहेका थिए।

यस प्रकारका कार्यक्रमहरूले रास्वपालाई स्थानीय तहमा अझ सक्रिय, सशक्त र जनमुखी बनाउने लक्ष्य लिएको देखिन्छ।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर