Lucky-Khabar_

छिपहरमाईमा विद्यालयको बाउन्ड्री वाल विवाद: झडपमा चार जना घाइते

राम आर्य
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीमा विद्यालयको बाउन्ड्री वाल निर्माणको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा चार जना घाइते भएका छन्।

content ad p2

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, टिहुकीमा बाउन्ड्री वाल निर्माणबारे भइरहेको छलफलका क्रममा विवाद चर्किएपछि कुटाकुट भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।

झडपमा बडकी टिहुकीका ४० वर्षीय रमेश साह, २० वर्षीय राजकुमार गिरी, ४३ वर्षीय संजय साह कानु र ४९ वर्षीय बुचुन मियाँ घाइते भएका छन्। घाइतेमध्ये रमेश साह र राजकुमार गिरीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रारम्भिक उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो भने थप उपचारका लागि न्युरो अस्पतालमा रिफर गरिएको छ।

स्थानीयका अनुसार विद्यालय नजिकको सिँचाइ जमिनलाई समेटेर बाउन्ड्री वाल निर्माण गर्ने विषयमा एक पक्ष अडानमा रहेपछि अर्को पक्षसँग विवाद बढ्दै झडपमा परिणत भएको हो। विद्यालय प्रशासनले भने विद्यालयको स्वामित्वभित्रको जमिनमा मात्र निर्माण गर्न खोजेको तर केही स्थानीय राजनीतिक व्यक्तिहरूले सिँचाइ जमिनसमेत समेट्न दबाब दिएको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरू झडपपछि फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर