Lucky-Khabar_

रगत अभाव भएपछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

पर्सा । वीरगञ्ज क्षेत्रमा रगतको अभाव हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार वीरगञ्ज स्थित क्लासिक बेन्क्वेट हलमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।

content ad p2

गर्मी याम सुरु भएसँगै रगतको माग बढ्दै गएको र आपूर्ति कम हुन थालेपछि कार्यक्रम आयोजना गरिएको रास्वपा पर्साले जनाएको छ। रक्तदान कार्यक्रममा ७ महिला सहित कुल १११ जनाले रक्तदान गरेका थिए।

शिक्षाविद् मार्टिन मुक्तानको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। रक्तदातामध्ये राम लामा, तुल्सा पौडेल, दिलिप कुर्मी, सुदिश प्रजापती, बिन्दा कुमारी अन्सारी, राजकुमार सहनी, शेख मजीद तथा सुनिल कुमार चौधरी लगायत रहेका थिए।

कार्यक्रममा  रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को विशेष आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा सांसद पन्तले वीरगञ्ज क्षेत्रमा रगत अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले दिने व्यक्तिलाई कुनै हानि नगर्ने तर लिनेको जीवन बचाउने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरूमा रगत अभावका कारण उपचारमा समस्या भइरहेको उल्लेख गर्दै यस्तो मानवीय पहलप्रति धन्यवाद व्यक्त गरे। उनले रक्तदातालाई समाजका वास्तविक नायकको संज्ञा दिएका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा, वीरगञ्ज नर्सिङ क्याम्पस तथा हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदान कार्यमा सहजीकरण गरेका थिए।

 

सम्बन्धित खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर