Lucky-Khabar_

पर्सा-४का सान्साद टेक ब.द्वारा सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य सामग्री ओसार–पसार सहज बनाउन समन्वय बैठक

बिरगंज  । पर्सा क्षेत्र नं. ४ अन्तर्गत भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य सामग्री ओसार–पसारमा देखिएको असहजतापछि प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य को पहलमा बाघमुर्चा पोस्टमा समन्वय बैठक सम्पन्न भएको छ।

content ad p2

बैठकमा जिल्ला सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्रीसहित क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न बीओपी प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएका खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको आवतजावतमा सहजीकरण गर्न आग्रह गरिएको थियो।

स्थानीयवासीबाट दैनिक उपभोग्य सामग्री ल्याउन–लान कठिनाइ भइरहेको गुनासो आएपछि सांसद शाक्यले तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्नुभएको हो। बैठकका क्रममा सशस्त्र प्रहरी प्रमुखले जनताको आवश्यकतालाई ध्यानमा राख्दै समस्या समाधानतर्फ सकारात्मक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सीमावर्ती क्षेत्रमा देखिएको असहजताप्रति जनप्रतिनिधिको चासो र सक्रिय पहलपछि स्थानीयवासीले यसलाई सकारात्मक रूपमा लिएका छन्।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

लक्की खबर