Lucky-Khabar_

पोखरियामा ५.५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

content ad p2

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब ११ः३० बजे पोखरिया नगरपालिका–९ स्थित एक टहरामा छापा मार्दा ५.५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो ।

प्रहरीले उक्त पदार्थसहित पोखरिया–९ निवासी बिजुली राउत कम्करका अन्दाजी २० वर्षीय छोरा विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरिएको पदार्थसहित पक्राउ परेका राउत कम्करलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर