Lucky-Khabar_

भारतमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा बन्धक जस्तै गरी राखिएका ४५३ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ। सबैलाई सकुसल भैरहवा नाका हुँदै रुपन्देहीमा ल्याइपुर्‍याइएको छ।

content ad p2

भारतीय प्रहरीको समन्वयमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेको थियो। त्यहाँबाट ८ वटा भारतीय बसमा राखेर उद्धार गरिएका नेपालीहरूलाई शनिबार बिहान बेलहिया नाका हुँदै भैरहवा ल्याइयो। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ।

उद्धार गरिएकामध्ये आधा जति महिला छन्। अहिले प्रहरीले उनीहरूको व्यक्तिगत विवरण, पहिचान र स्क्रिनिङको काम गरिरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार आकर्षक जागिर र उच्च आम्दानीको प्रलोभन देखाएर “नेटवर्किङ व्यवसाय” को नाममा ती नेपालीहरूलाई भारत लगिएको थियो। त्यहाँ लगेर बन्धक जस्तै गरी राखिएको खुलासा भएको छ।

प्रहरीले अहिले को पीडित हुन् र को यस गिरोहमा संलग्न छन् भनेर छुट्याउने काम गरिरहेको छ।

यो घटनाले फेरि एकपटक विदेशमा रोजगारीको नाममा हुने ठगी र मानव तस्करीप्रति सचेत हुनुपर्ने देखाएको छ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर