Lucky-Khabar_

सुशासन र पारदर्शिता हाम्रो मुख्य प्राथमिकता: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको समृद्धि र नागरिकको सन्तुष्टिका लागि भ्रष्टाचारमुक्त सेवा प्रवाह अनिवार्य रहेको बताउनुभएको छ । आज सिंहदरबारमा आयोजित मुख्यसचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूसँगको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारमुक्त सेवा प्रवाहमा जोड दिनुभएको हो ।

बैठकका क्रममा प्रधानमन्त्री शाहले सरकारी कार्यालयहरूमा सर्वसाधारणले भोग्नुपर्ने सास्ती र ढिलासुस्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिनुभयो । “नागरिकले राज्यबाट पाउने सेवा सहज र झन्झटमुक्त रूपमा पाउनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारी सेवामा पारदर्शिता र जवाफदेहिता नभएसम्म सुशासनको जग बलियो हुन सक्दैन । त्यसैले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्न जरुरी छ ।”

प्रधानमन्त्री शाहले प्रविधिको अधिकतम् प्रयोग गरेर सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारी फाइलहरू हप्तौंसम्म रोकिने परिपाटीको अन्त्य गर्दै ‘टाइम-बाउन्ड’ (समयसीमा) भित्र काम सक्ने प्रणाली विकास गर्न उहाँले कर्मचारीतन्त्रलाई आग्रह गर्नुभयो ।

बैठकमा प्रधानमन्त्रीद्वारा व्यक्त मुख्य बुँदाहरू:

  • ढिलासुस्तीको अन्त्य: सरकारी कार्यालयमा धाउने सर्वसाधारणको समय र श्रमको सम्मान गर्दै छिटो-छरितो सेवा प्रवाह गर्ने ।

  • प्रविधिको प्रयोग: भ्रष्टाचारी सञ्जाललाई तोड्न र बिचौलियाको अन्त्य गर्न हरेक सरकारी सेवालाई सञ्चार प्रविधिसँग जोड्ने ।

  • जवाफदेहिता: काममा आलटाल गर्ने वा फाइल अड्काउने कर्मचारीहरूलाई तत्काल जिम्मेवार र जबाफदेही बनाउने ।

प्रधानमन्त्री शाहले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्र दुवै मिलेर मात्र देशमा सकारात्मक परिवर्तन सम्भव भएको उल्लेख गर्दै जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउन सबै मन्त्रालयलाई कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

content ad p2

सम्बन्धित खबर

बिरगंज महानगरपालिकाको कार्यवाहक मेयरमा इम्तियाज आलम

लक्की खबर

गौरसंगै दर्जनौँ बस्तीमा डुबानको जोखिमको चिन्ता

लक्की खबर

७६ क्याप्सुल कोकिन पेटबाट निकालियो, तीन विदेशी नागरिक ठमेलबाट पक्राउ

लक्की खबर