Lucky-Khabar_

रौतहटको परोहामा महिलाको हत्या, गरगहना लुटिएको आशंका

 

रौतहट। रौतहट जिल्लाको परोहा नगरपालिका–७ नरकटिया निवासी श्री दीपनारायण राउत कुर्मीकी श्रीमतीको आज बिहान हत्या भएको दुखद घटना सार्वजनिक भएको छ।

content ad p2

स्थानीय स्रोतका अनुसार आज बिहान करिब ७ बजे उनी आफ्नो खेतबारी हेर्न घरबाट निस्किएकी थिइन्। त्यसपछि उनको शव नजिकैको सानो खोलामा फेला परेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार अज्ञात व्यक्तिहरूले उनको गरगहना लुटपाट गरी घाँटी थिचेर निर्ममतापूर्वक हत्या गरेको आशंका गरिएको छ।

घटनापछि स्थानीयवासीमा त्रास र आक्रोश फैलिएको छ। दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न स्थानीयले माग गरेका छन्।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचान अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।

यस प्रकारको जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्ने स्थानीयवासी तथा सरोकारवालाहरूको माग रहेको छ।

सम्बन्धित खबर

बीरगञ्ज–१६ नगवास्थित वृद्धआश्रम उद्घाटन, वृद्ध सेवा आजको आवश्यकता : लालबाबु राउत

लक्की खबर

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

लक्की खबर

नारायणी रङ्गशाला स्तरोन्नतिका लागि १५ करोड ५० लाख बजेट, फ्लडलाइटदेखि कभर्डहलसम्मका कामले गति लिने

लक्की खबर