Lucky-Khabar_

बैतडीमा यात्रुवाह जना घाइते, दुईको अवस्था गम्भीरक बस दुर्घटना, १७

काठमाडौं । बैतडीमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

content ad p2

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको हो।

दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको जनाएको छ। अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवन तिमल्सिनाका अनुसार दुर्घटनाको यथार्थ कारण खुल्न बाँकी छ। प्रारम्भिक अनुमानअनुसार प्राविधिक समस्या वा चालकको असावधानीका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर