Lucky-Khabar_

बम नहरमा परोहा ५ नमनगराकी २४ वर्षीया मुस्कान खातुन मृत भेटिए

रौतहट| रौतहटको राजपुर नगरपालिका–३ बयार पोखरियास्थित बम नहरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ।

content ad p2

मृतक परोहा नगरपालिका–५ निवासी २४ वर्षीया मुस्कान खातुन रहेको प्रहरीले जनाएको छ। उनी शेख मोविनकी श्रीमती हुन्।

बिहान स्थानीयवासीले बम नहरमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय राजपुरमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजपुरका वरिष्ठ सई योगेन्द्र थापा तथा सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प फतुवाका इन्स्पेक्टर राजेन्द्र चन्दको नेतृत्वमा सुरक्षा टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।

इन्स्पेक्टर राजेन्द्र चन्दका अनुसार घटनाको कारण तत्काल खुल्न सकेको छैन। पोस्टमार्टम प्रतिवेदन आएपछि मृत्युको वास्तविक कारणबारे थप जानकारी प्राप्त हुने र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर