Lucky-Khabar_

कलाकार काजल कर्णको आरोप– ‘पारिश्रमिक नदिई जातीय विभेद गरियो’, सम्मानजनक छलफलको माग

काठमाडौ  । चलचित्र चिरञ्जीवी भव: मा आबद्ध कलाकार काजल कर्णले आफूलाई पारिश्रमिक नदिई जातीय तथा सामुदायिक विभेद गरिएको आरोप लगाएका छन्। उनले निर्देशक दिपक प्रसाद आचार्य र निर्माण टिमले आफूलाई कामबाट हटाएर आफ्नो भूमिकामा अर्कै कलाकारलाई राखी सुटिङ निरन्तर गरिरहेको दाबी गरेका छन्।

content ad p2

काजल कर्णका अनुसार आफू मधेसी समुदायको कलाकार भएकै कारण विभेदपूर्ण व्यवहारको सामना गर्नुपरेको हो। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई गलत देखाउने प्रयास गरिएको र त्यसबाट मानसिक पीडा भोग्नुपरेको बताएका छन्।

“म पीडित भएँ, मलाई र मेरो समुदायलाई घृणा गरियो। मानसिक रूपमा निकै पीडित भएकाले घरमै बस्न बाध्य भएको छु,” कर्णले बताएका छन्।

उनले कोशी प्रदेशमा कलाकारहरूको हकहितका लागि स्थापना भएका विभिन्न चलचित्रसम्बन्धी संघ–संस्थाहरूले आफ्नो विषयमा चासो दिनुपर्ने र निष्पक्ष पहल गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार चलचित्रको सुटिङ कोशी प्रदेशमै भइरहेको, निर्देशक पनि सोही प्रदेशका रहेको र आफू पनि कोशी प्रदेशकै कलाकार भए पनि अहिलेसम्म न्याय नपाएको गुनासो छ।

कर्णले तत्काल सुटिङ स्थगित गरी सम्मानजनक वातावरणमा छलफल र समझदारीमार्फत विवाद समाधान गर्न निर्माण पक्षलाई आग्रह गरेका छन्।

यता, कलाकार कर्णको आरोपबारे निर्देशक दिपक प्रसाद आचार्य वा चिरञ्जीवी भव: निर्माण टिमको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उनीहरूको धारणा प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।

यस विषयमा कोशी प्रदेशका चलचित्रकर्मी तथा कलाकारहरूको हकहितका लागि क्रियाशील संघ–संस्थाहरूले पनि आवश्यक चासो र समन्वय गरी विवाद समाधानका लागि पहल गर्नुपर्ने माग उठ्न थालेको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर