वीरगञ्ज । नेपाली कांग्रेस बाराको जिल्ला पार्टी कार्यालयमा मंगलबार दुई पक्षका कार्यकर्ताबीच विवाद चर्किँदा झडप भएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रत्यक्षदर्शीका अनुसार पार्टीभित्रको संस्थापक समूहलाई कार्यालय प्रवेश गर्न रोकिएपछि विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुंगामुढासमेत भएको बताइएको छ।घटनापछि पार्टी कार्यालय आसपासको क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। थप अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास गरिएको छ।
यसैबीच, प्रत्यक्षदर्शीहरूले घटनास्थलमा प्रशासन प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाएका छन्। यद्यपि, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।प्रहरीका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ भने घटनाको कारण र संलग्न पक्षबारे अनुसन्धान जारी रहेको छ।


