Lucky-Khabar_

सांसद अभिषेकप्रताप शाहको पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा अनुसन्धानका लागि जारी गरिएको नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

content ad p2

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा पक्राउ पुर्जीलाई यथास्थितिमा राख्न आदेश दिँदै यस सम्बन्धमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। साथै, दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन पनि आदेश गरिएको छ।

कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। त्यसविरुद्ध सांसद शाहले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै पक्राउ पुर्जी कार्यान्वयनमा रोक लगाउन माग गरेका थिए।

उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले दुवै पक्षबीच छलफल नभएसम्म पक्राउ पुर्जीसम्बन्धी कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अब अदालतले विपक्षी निकायबाट लिखित जवाफ प्राप्त भएपछि दुवै पक्षको बहस सुनेर अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्नेछ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर