Lucky-Khabar_

पत्रकार महासंघ पर्साको प्रहरीले सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति आपत्ति

वीरगञ्ज । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

content ad p2

वीरगञ्जबाट प्रसारण हुने माई टिभीले वीरगञ्ज महानगरपालिका–३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा समाचार प्रसारण गरेको थियो। उक्त समाचारप्रति सम्बन्धित वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारमाध्यमसँग तथ्य तथा विवरण पेश गर्न भन्दै पत्र पठाएको थियो।

यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति वा गुनासो भए सम्बन्धित सञ्चारमाध्यममै खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया दिन सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ। त्यस्तै, त्यसबाट पनि समाधान नभए प्रेस काउन्सिल नेपालमा उजुरी गरी कानुनी उपचार खोज्न सकिने कानुनी व्यवस्था रहेको महासंघले स्मरण गराएको छ।

महासंघले कानुनले तोकेको प्रक्रिया र नियमनकारी निकायलाई बेवास्ता गर्दै स्थानीय प्रशासनमार्फत प्रहरी परिचालन गरी सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको जनाएको छ। यस्तो कार्यले स्थापित कानुनी उपचार प्रक्रियालाई कमजोर बनाउनुका साथै सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने जोखिम बढाउने महासंघको ठहर छ।

विज्ञप्तिमार्फत महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। साथै, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मानसिक दबाब सिर्जना गर्ने तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि दोहोरिए स्वतन्त्र प्रेस र पत्रकारको पेशागत अधिकारको रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर