Lucky-Khabar_

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौं । भारत सरकारले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ। यद्यपि भ्रमणको मिति र समय भने अझै सार्वजनिक गरिएको छैन।

content ad p2

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै निमन्त्रणा पठाइसकिएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा हालै नेपाली उच्च अधिकारीहरूको भारत भ्रमण प्रधानमन्त्रीको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो वा होइन भन्ने प्रश्न उठाइएको थियो। त्यसको जवाफमा प्रवक्ता जैसवालले उक्त विषयमा आफूलाई जानकारी नभएको बताए।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको पुष्टि गरे पनि निमन्त्रणा कहिले पठाइएको हो तथा भ्रमण कहिले हुने भन्नेबारे थप विवरण खुलाएनन्।

भारतीय पक्षको यस अभिव्यक्तिपछि नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढेको छ। यद्यपि भ्रमणको औपचारिक मिति, कार्यक्रम र एजेन्डाबारे नेपाल र भारत दुवै सरकारले हालसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर