Lucky-Khabar_

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिले रु. २ लाख ११ हजार सहयोग गरेको छ।

content ad p2

समितिले उक्त रकमको चेक सांसद सुशील कानुमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो। राहत रकम हस्तान्तरण कार्यक्रममा सांसद कानुसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका युवा नेता सुधीर पटेल र राम आर्यको पनि उपस्थिति थियो।

चेक हस्तान्तरण कार्यक्रममा समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मी नारायण गुप्ता, कोषाध्यक्ष रवि शंकर बरनवाल, सदस्य सिताराम उपाध्याय र अनुप अग्रवाल सहभागी थिए।

रकम हस्तान्तरण गर्दै सांसद कानुले रसुवा बाढीपीडितका लागि सहयोग गरेकोमा गहवामाई तीर्थ विकास क्षेत्र समिति तथा सहयोगमा संलग्न सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। उनले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर