Lucky-Khabar_

धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । संविधान दिवसको अवसरमा शनिबार जनकपुरधाममा राष्ट्रिय एकता दलले संविधानका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको छ।

content ad p2

दलले नेपालको संविधानमा रहेको धर्मनिरपेक्षताको व्यवस्था खारेज गरी नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै धनुषाको जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीहरूले ‘संविधानलाई स्वागत छ, धर्मनिरपेक्षता असह्य छ !’ र ‘संवैधानिक संशोधन गर, हिन्दूराष्ट्र घोषणा गर !’ लगायतका नारा लगाएका थिए।

संविधान निर्माणका क्रममा भएका त्रुटिहरू सच्याउँदै धर्मनिरपेक्षताको व्यवस्था हटाएर नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको राष्ट्रिय एकता दलका नेता दिलीप मण्डलले बताए।प्रदर्शनमा दलका नेताहरू मनिष पूर्वे, रणधीर यादव, श्याम साहलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

बाराको सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु

लक्की खबर

‘मधेस राज्य’का लागि फेरि आन्दोलनमा उत्रिन तयार रहनुस :बीरगंजबाट उपेन्द्र यादवको आह्वान

लक्की खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर