Lucky-Khabar_

मालपोत पर्साको छुट जग्गा दर्ता सम्बन्धी सूचना, कागजात के–के मागियो ?

१० फागुन,वीरगञ्ज । भूमि सुधार तथा मालपोल कार्यालय बीरगन्जले  जग्गा नाप जाँच भएर जग्गा छुट र  दर्ता बाँकी रहेका जग्गावालाहरुले आफ्नो सम्पूर्ण कागजातसहित मालपोतमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

content ad p2

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन भइ तोकिएको मितिभित्र मालपोत कार्यालय पर्सामा सूचना आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरिएको छ ।

मालपोतले निकालेको सूचनामा क्षेत्रीय किताब( फिल्ड बुक) को प्रमाणित प्रतिलिपि, नक्साको प्रमाणित प्रतिलिपि, साबिक लगत, १ नम्बर लगत, २ नम्बर अनुसूची, ७ नम्बर फाटवारी, भूमि सुधार लागु हुँदा भरेको हदबन्दी फारम, सम्बन्धित तहको हकभोग अवस्था सम्बनधी किटानी सिफारिस, छुट जग्गा दर्ता नामसारी भए साबिक दर्तावालासंग नाता खुलेको प्रमाणको प्रतिलिपि र हकदार विवरण खुलेको स्थानीय तहको सक्कल किटानी सिफारिससहित सम्पर्क गर्न गरिएको छ ।

त्यसतै मृत्यु दर्ता र नाता प्रमाणित पत्रको सक्कल किटानी सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, साविक मौजा, खोला कितासंग भिड्ने विवरण, रैति नम्बर, नक्सा नम्बर, जग्गा सर्बे नापिका बखत नाप नक्सा भएको विवरण, तिरेको निस्सा र माग दाबीलाई पुष्टि गर्ने अन्य आवश्यक कागजातसहित सम्पर्क गर्न भनिएको छ ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर