Lucky-Khabar_

नेशनल मेडिकल कलेज बिरगंज विवादीद बन्दै : कर्मचारी आन्दोलित र स्वामित्वको विषयमा दाजुभाइमै विवाद

१५ फागुन,बीरगञ्ज ।  नेशनल मेडिकल कलेज बिरगंजका व्यवस्थापनविरुद्ध कर्मचारीहरु  शान्तिपूर्ण धर्ना कार्यक्रम, हाम्रो जायज मांग पूरा गर भन्ने नाराका साथ कर्मचारी आन्दोलित भएका हुन् ।

content ad p2

नेशनल मेडिकल कलेजका सम्पूर्ण कर्मचारीहरु विभिन्न १२ बुँदे माग राख्दै आज दोस्रो दिन पनि धर्नामा बसेका छन् ।

सोमबार  देखि सुरु भएको धर्नाका कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन पनि धर्नाका कार्यक्रम जारी गर्दै O.P.D. सेवालाई प्रभावित बनाएका छन् ।

कर्मचारीहरु व्यवस्थापन पक्षविरुद्ध विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म O P Dसेवा बन्द गरेर धर्नाको कार्यक्रम सुरु गरिएको आन्दोलनमा सहभागी पप्पु सिंहले जनाए । उनका अनुसार कलेजका सम्पूर्ण कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनी बताउँछन् ।

कर्मचारीहरुले आन्दोलनमार्फत ८ जना कर्मचारीको निलम्बन फुकुवाको मागसहित १२ बुँदे माग अघि सारेका छन् ।

कर्मचारीहरुले नेशनल मेडिकल प्रालिको नाफा भएमा सो बमोजिम १५ प्रतिशत वोनस उपलब्ध गराउने, कार्यरत कर्मचारीहरुको बुवा, आमा, श्रीमान/श्रीमती, छोराछोरीहरु यसलाई अस्पतालमा उपचार गराउँदा खर्चमा ९० प्रतिशत डिस्काउन्टको व्यवस्था हुनुपर्ने, कर्मचारीहरुलाई पोशाक भत्तावापत वार्षिक डेढ लाख उपलब्ध गराउनेसहित १२ बुँदे माग अघि सारेका छन् ।

नेशनल मेडिकल कलेजमा नयाँ एमडीमा सञ्चालक अध्यक्ष डा. जैनुद्दिन अन्सारीको छोरा शाहनवाज अन्सारी नियुक्त भएपछि विवाद खडा भएको छ ।

यसअघि एमडी रहेका महम्म्द बसरुद्दिन अन्सारीलाई हटाएर सञ्चालक अध्यक्ष अन्सारीले आफ्नो छोरालाई एमडी बनाएपछि सञ्चालक दाजुभाइमा पनि स्वामित्वको विषयलाई लिएर विवाद चलिरहेको छ ।

 

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर