Lucky-Khabar_

नेशनल मेडिकल कलेज बिरगंज विवादीद बन्दै : कर्मचारी आन्दोलित र स्वामित्वको विषयमा दाजुभाइमै विवाद

१५ फागुन,बीरगञ्ज ।  नेशनल मेडिकल कलेज बिरगंजका व्यवस्थापनविरुद्ध कर्मचारीहरु  शान्तिपूर्ण धर्ना कार्यक्रम, हाम्रो जायज मांग पूरा गर भन्ने नाराका साथ कर्मचारी आन्दोलित भएका हुन् ।

content ad p2

नेशनल मेडिकल कलेजका सम्पूर्ण कर्मचारीहरु विभिन्न १२ बुँदे माग राख्दै आज दोस्रो दिन पनि धर्नामा बसेका छन् ।

सोमबार  देखि सुरु भएको धर्नाका कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन पनि धर्नाका कार्यक्रम जारी गर्दै O.P.D. सेवालाई प्रभावित बनाएका छन् ।

कर्मचारीहरु व्यवस्थापन पक्षविरुद्ध विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म O P Dसेवा बन्द गरेर धर्नाको कार्यक्रम सुरु गरिएको आन्दोलनमा सहभागी पप्पु सिंहले जनाए । उनका अनुसार कलेजका सम्पूर्ण कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनी बताउँछन् ।

कर्मचारीहरुले आन्दोलनमार्फत ८ जना कर्मचारीको निलम्बन फुकुवाको मागसहित १२ बुँदे माग अघि सारेका छन् ।

कर्मचारीहरुले नेशनल मेडिकल प्रालिको नाफा भएमा सो बमोजिम १५ प्रतिशत वोनस उपलब्ध गराउने, कार्यरत कर्मचारीहरुको बुवा, आमा, श्रीमान/श्रीमती, छोराछोरीहरु यसलाई अस्पतालमा उपचार गराउँदा खर्चमा ९० प्रतिशत डिस्काउन्टको व्यवस्था हुनुपर्ने, कर्मचारीहरुलाई पोशाक भत्तावापत वार्षिक डेढ लाख उपलब्ध गराउनेसहित १२ बुँदे माग अघि सारेका छन् ।

नेशनल मेडिकल कलेजमा नयाँ एमडीमा सञ्चालक अध्यक्ष डा. जैनुद्दिन अन्सारीको छोरा शाहनवाज अन्सारी नियुक्त भएपछि विवाद खडा भएको छ ।

यसअघि एमडी रहेका महम्म्द बसरुद्दिन अन्सारीलाई हटाएर सञ्चालक अध्यक्ष अन्सारीले आफ्नो छोरालाई एमडी बनाएपछि सञ्चालक दाजुभाइमा पनि स्वामित्वको विषयलाई लिएर विवाद चलिरहेको छ ।

 

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर