Lucky-Khabar_

एउटा भ्याट बिलमा बाराको दुधौरा खोलाका ठेकेदारले गर्दैछन कर छली: दिदैँछन् पटकपटक लोडिङ स्लिप

१६ फागुन,बारा । बाराका दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको भएको ठेक्कापाटमा कर  असुली जालझेल भइरहेको तथ्य फेला परेको हो । दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको ठेक्कापाटा लिएका संदेश सप्लायर्सले एउटा भ्याटमा बढी गिट्टी, बालुवा, ग्रेबलको लोडिङ गराइरहेको कागजात फेला परेको छ ।

content ad p2

संदेश सप्लायर्सले यही १४ गते गनी हुसेन सप्लायर्स एण्ड कन्ट्रक्सनलाई दुधौरा खोलाबाट नदीजन्य पदार्थ अर्थात् मिक्स ग्रेबल बेचेको भ्याट बिल काटेका थिए ।
प्रदेश २–०३–००१ क २५४९ नम्बरको गाडीलाई बेचिएको मिक्स ग्रेबल एउटै भ्याट बिलमा यही गाडीलाई २ पटक लोडिङ स्लिप दिइएको गनी सप्लायर्सले जनाएको छ । गनी सप्लायर्सले भन्छ,‘दुधौरा खोलाबाट नदीजन्य पदार्थ लिदा एउटै भ्याट दिन्छ, त्यही भ्याट बिलबाट पटकपटक ढुवानी गर्न लगाउँछ ।’

तर खोलाजन्य पदार्थको ओसारपसार गर्दा त्यो नियमावली भने छैन् । नियमावली अनुसार एउटा भ्याट बिलमा एक पटक मात्रै नदीजन्य पदार्थ बेचबिखन गर्न पाइने व्यवस्था छ ।
तर दुधौरा खोलाका ठेकेदारले भने एउटौ भ्याट बिलमा पटकपटक नदीजन्य पदार्थ विक्री गरिरहेको छ । यही १४ गते दुधौरा खोलाबाट मिक्स ग्रेबल लिदा एउटा भ्याट बिलमा ००७९९ र ००८०० नम्बरको २ वटा लोडिङ स्लिप रसिद दिएको गनी सप्लायर्सले जनाएको छ ।

तर यो २ वटै रसिदमा भने यो दिन एउटा मात्रै भ्याट बिल दिएको अर्को एक सप्लायर्सको पनि भनाइ छ । नाम नराख्ने शर्तमा उनले भने–यो समस्या दुधौराको खोलाको मात्रै छैन्, बाराका अधिकाश खोलाका यही समस्या छन् ।
बाराका बलगंगा, पसाहा, बकैया खोलाको पनि यस्तै रवैया रहेको गनी सप्लायर्सको गुनासो छ । उसका अनुसार सबै खोलामा एउटै भ्याट बिलबाट बढी पटक बालुवा, ग्रेबलसहित नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तर सम्बन्धित निकाय भने मौन रहेको गनी सप्लायर्सको भनाइ छ ।

तर यो आरोप गलत भएको दुधौरा खोलाका ठेकेदार रमेश घिमिरेले जनाए । उनका अनुसार आफ्नो खोलाबाट जाने सबै गाडीको हरेक पटक भ्याट बिल दिने गरिएको छ । उनले भने,‘हामीले हरेक गाडीको बिल हरेक पटक दिने गर्छौ, एउटा भ्याट बिलमा एकैपटक काम गर्छौ । त्यसकारण अन्य आरोप  गलत हो ।’

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर