२० फागुन, काठमाडौं । शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग नवाजबाट चुनिएर प्रधानमन्त्री बनेका हुन् । बिलावल भुट्टोको पार्टी उनालाई पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ ।

पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए ।
हालै सम्पन्न निर्वाचनमा पाकिस्तान मुस्लिम लिग–नवाज ७५ सिट जितेर दोस्रो भएको थियो ।
तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खान भ्रष्टाचार आरोपमा जेलमा परेका र उनको पार्टीलाई चुनाव लड्नै प्रतिबन्ध लगाइएको थियो । पार्टीले चुनाव लड्न नपाए पनि तहरीक-ए-इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् ।


