Lucky-Khabar_

गृहमन्त्रि रबिलामिछाने आरती साहका परिवार र मिटरब्याजी पीडितसँग भेट

२८ चैत,जनकपुर ।मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि भएका उपप्रधान तथा गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धान तथा छानबिन थालिएको बताउँदै पीडित परिवारजनसंग भेटघाट गरी बताएका छन् ।सो क्रममा उनले मिटरब्याज पीडितसंगसमेत भेटघाट गरेका छन् । उनले यसअघि भएको सहमति कार्यान्वयनको अवस्थाको बारेमा पनि छलफल गरेका थिए ।
मिटरब्याज पीडित संघ धनुषाका अध्यक्ष अवधेश कुशवाहा सहितको टोलीसँग भेटघाट गर्दै सहमति अनुसार पीडितलाई जिल्लामै समन्वयको अवस्थाबारे बुझेका थिए । सो छलफलमा मिटरब्याज पीडितहरूले सहमति भएपछि जिल्लामा प्रभावकारी काम नभएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछाने समक्ष गुनासो गरे ।

content ad p2

सो क्रममा उनले मिटरब्याज पीडितसंगसमेत भेटघाट गरेका छन् । उनले यसअघि भएको सहमति कार्यान्वयनको अवस्थाको बारेमा पनि छलफल गरेका थिए ।
मिटरब्याज पीडित संघ धनुषाका अध्यक्ष अवधेश कुशवाहा सहितको टोलीसँग भेटघाट गर्दै सहमति अनुसार पीडितलाई जिल्लामै समन्वयको अवस्थाबारे बुझेका थिए । सो छलफलमा मिटरब्याज पीडितहरूले सहमति भएपछि जिल्लामा प्रभावकारी काम नभएको भन्दै मन्त्रि लामिछाने समक्ष गुनासो गरे ।

गृहमन्त्री लामिछानेले मिटर ब्याजी पीडितहरुका लागि गठित आयोगको काम कारबाहीबारे बताउँदै कानुनी जटिलताका कारण ढिलाई भएको बताउदै जिल्लामा समन्वय गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेको उपस्थितिमा शुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, विपत् व्यवस्थापन, मिटर व्याजको समस्या सहितका विषयमा प्रदेशस्तरीय सुरक्षा बैठक चलिरहेको छ ।सो बैठकमा ८ जिल्लाका सुरक्षानिकायका अधिकारी, प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थाका विषयमा छुट्टा छुट्टै प्रस्तुतीकरण गरेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून सचिव वीरेन्द्र कुमार यादवले जनाए ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको प्रदेश सुरक्षा गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, अर्थमन्त्रालयका सचिव कृष्णहरि पुष्कर सहितको सहभागिता रहेको थियो ।

त्यसै गरी मधेश प्रदेशका सुरक्षा प्रमुखहरूको पनि सहभागिता रहेको छ ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर