Lucky-Khabar_

रौतहटमा मदिरा सेवन गरी आफ्नै घर जलाउने पक्राउ

ववीरगञ्ज, अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने एक जना रौतहटको पक्राउ परेका छन् ।रौतहट राजदेवी नगरपालिका वडा नं.९ ब्रह्मपुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका नायब उपरिक्षक डिएसपी एलिजा गिरीका अनुसार सिंहले मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएका थिए । आगो तत्कालै स्थानीय र प्रहरी टोलीले निभाएका थिए ।आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना रहेको प्रहरीले जानकारी गराएका छ ।

content ad p2

आगो लगाउने सिंहलाई उनकै घरबाट पक्राउ गरी आपराधिक उपद्रो शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छ ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर