Lucky-Khabar_

उपेन्द्र यादवले सरकारबाट बर्हिगमनपछि मधेसमा मिलेर सरकार चलाउन गुहारे ठाकुरलाई

३१ वैशाख,काठमाडौं । उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजिनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसमा मिलेर सरकार चलाउन महन्थ ठाकुरलाई सम्झिएका छन् ।

content ad p2

मन्त्रीबाट राजिनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न यादव लोसपाको कार्यालय पुगेका थिए । ठाकुरसँग भेटेर यादवले संकटमा परेको मधेश सरकारमा सहकार्य गर्ने भन्दै गुहार मागेको लोसपाका एक नेताले जानकारी दिएका छन् ।उनका अनुसार भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ महन्थले दिएका छन् । पहिले मधेशका मुख्यमन्त्रीको विश्वासको मत र अशोक राई नेतृत्वको जसपाको दल सनाखत प्रक्रिया सम्म कुर्ने लोसपाको तयारी छ भने जानकारी भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेश प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । त्यसपछि उपेन्द्र यादवको जसपा नेपाल संघीय सरकारबाट पनि बाहिरिनु परेको छभने जानकारी आएको छ ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर