४ वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका समर्थक र नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद सहाबुद्धिनका समर्थकबीच।वीरगञ्जमा शुक्रवार साँझ झडप भएको छ ।

नेपाल विद्यार्थी संघ पर्साले सहकारी ठगीमा संलग्ममाथि निष्पक्ष छानविन गर्नुपर्ने र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध सरकारी कागज किर्ते गरेको आरोपको यथाशीघ्र छानविन गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।
नाराबाजी गर्दै प्रदर्शन गर्ने क्रममा प्रमुख सिंहका समर्थकले बिथोल्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलले जनाए । उनकाअनुसार दुवै पक्षबीचको झडपमा संलग्न रहेको भन्दै ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सातै जनालाई छाडिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । विवाद उग्र बन्दै गएपछि प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई लखेटेको थियो । सोही क्रममा नेविसंघ पर्साका अध्यक्ष रमेश यादव घाइते भएका छन् भनि उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
नेविसंघ पर्साको जुलुश माइस्थान चोकमा पुगेर कोण सभामा परिणत भएको बेला मेयर सिंहका समर्थकहरूले नाराबाजी गर्न थालेको कांग्रेसका युवा नेता रञ्जन सिंहले जानकारी गराए ।


