Lucky-Khabar_

शनिदेवको पूजा शनिबार नै किन गरिन्छ ? धार्मिक मान्यता यस्तो छ

बिरगंज ।आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार सन् २०२४ मे १८ तारिख। वैशाख शुल्क पक्षको दशमी तिथि।

content ad p2

हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन आईरहेको रहेको छ । ।त्यस्तै शनिबार शनिदेवको देष्टि नपरोस् भनेर शनिदेवको पूजा गर्ने चलन आईरहेको रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ भनि रात्री भोजमा नुन खानुहुँदैन् ।

शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्। जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

शनिको पुजामूर्ति रूपमा गर्नु हुदैन

शनि देवको पुजा गर्दा मूर्ति रूपमा गर्नु हुदैन शनिको पुजाएउटा कुराको ध्यान राख्नु जरुरि छ, शनिदेवलाई आफ्नो मूर्ति को समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनि को आराधना सदैव त्यो मंदिरमा मात्र गर्नुपर्दछ जहा शनिदेव शिला रूपमा विराजमान हुन। यसको अलावा शनिदेव को आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेव को पूजा शनिबार मात्र गर्नु पर्दछ भनि भनाई।

पूजा गर्ने तरिका

शनिवार को पूजा गर्दा यो कुराको ध्‍यान राखौ। यस दिन पीपलको रुख को जरामा नै जल अर्पण गरौ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेल को दीपक जलाउ। शनि को पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा सनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ भनि बिश्वाश छ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर