५ काठमाडौं । कञ्चनपुरमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना बृध्द पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका ५ भकुण्डाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी गराएको छ।
बृद्धले ती बालिकालाई पटक–पटक बलात्कार गर्दै गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको छ ।


