१३ वीरगञ्ज।राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द वीरगन्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार बनाई तयार गरेको छ।

अहिले हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार गरिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले जानकारी गराएको छ।
धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने ईत्यादी मेसिनहरु तयार भएको उनले बताए।
उनले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भने। इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए भने तयार भएको औजार तथा उपकरणहरुको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”
केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ।
सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। केन्द्रले औपचारिक रूपमा २०७९ माघमा काम थालेको हो भने जानकारी प्राप्त भएको छ |


